Comments Add Comment

४१ अर्ब बजारमा फसेपछि उधारोमा सिमेन्ट बिक्रीमा रोक

१ साउन, काठमाडौं । बिहीबारबाट लागु हुने गरी नेपाल सिमेन्ट उत्पादक संघले उधारोमा सिमेन्ट बिक्री नगर्ने घोषणा गरेको छ ।

बजारमा ४१ अर्बभन्दा बढी रकम उधारो फसेर उद्योगहरु अप्ठ्यारोमा परेपछि नगदै कारोबार गर्ने निर्णय गरिएको संघका अध्यक्ष ध्रुब थापाले अनलाइखबरलाई बताए ।

‘लकडाउनको मारमा बजारबाट उधारो नउठ्दा उद्योगीहरु गम्भीर संकटमा पर्‍यौं, यसरी चल्न सक्दैनौं भनेरै निर्णय लिनु पर्‍यो,’ थापाले भने ।

देशभरका हार्डवेयर व्यवसायीसँग सिमेन्ट उद्योगीले ४१ अर्ब भन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको संघले जनाएको छ । उपभोक्तालाई सस्तोमा सिमेन्ट बिक्री गर्न उद्योगहरुलाई प्रोत्साहन गदै संघले डिलरलाई दिने स्कीममा सीमा तोकेको छ ।

उद्योगहरुले डिलर तथा ग्राहकलाई सुन चाँदीको सिक्का, विदेश भ्रमण जस्ता अफरमा रोक लगाएको छ भने वाषिर्क तथा मासिक स्कीम २० प्रतिशत भन्दाबढी नबनाउन पनि निर्देशन दिएको छ ।

कर्पोरेट तथा निर्माण कम्पनीलाई बैंक ग्यारेन्टीमा मात्रै ६० दिन भित्र तिर्नेगरी सिमेन्ट बिक्री गर्न पनि संघले भनेको छ । यस्तै साउन १ भन्दा अघिको उधारो सूची संघले खडा गर्ने उधारो असुली संयन्त्रमा पठाउन पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment