+
+

बंगलादेशमा कोरोना परीक्षणको नक्कली प्रमाण पत्र दिने अस्पताल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १५:१३

१ साउन, काठमाडौं । बंगलादेशमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नक्कली प्रमाणपत्र दिएको आरोपमा एक अस्पतालका मालिक पक्राउ परेका छन् । बुधबार मोहम्मद सहेद नाम गरेका अस्पतालका मालिक पक्राउ परेका हुन् । उनको अस्पतालले कोरोना भाइरस परीक्षण नै नगरी कोरोना परीक्षणमा नेगेटिभ आएको प्रमाणपत्र दिने गरेको आरोप छ ।

बुधबार बंगलादेशबाट भागेर भारत जान लाग्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली प्रमाण पत्रको काण्डमा अहिलेसम्म एक दर्जनभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् ।

विशेषज्ञहरुले यस किसिमको नक्कली प्रमाण पत्रले करिब १७ करोड जनसंख्या रहेको मुलुकमा कोरोना भाइरसको महामारीको अवस्था भयावह बन्न सक्ने चेतावनी दिएका छन् ।

सहेदको अस्पताललले १० हजार पाँचसयभन्दा बढी कोरोना भाइरस परीक्षण गरिसकेको छ । जसमध्ये चार हजार दुई सय सक्कली र बाँकी नक्कली भएको बताइएको छ ।

यस किसिमको नक्कली प्रमाणपत्रको कारण विशेषगरी विदेशमा काम गर्न जाने आप्रवासी कामदारहरु प्रभावित बनेको बताइएको छ । इटालीले गत साता बंगलादेशबाट आएका मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै बंगलादेशमाथि उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । इटालीमा एक लाखभन्दा धेरै बंगलादेशी नागरिक छन् । इटालीमा भेटिएका केही बंगलादेशी नागरिकले नक्कली प्रमाणपत्र लिएको कारण उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको आरोप लगाइएको छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?