Comments Add Comment

महालक्ष्मी नगरपालिकामा भोलिदेखि लकडाउन खुकुलो हुने

१ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले भोलि शुक्रबारदेखि लकडाउन खुकुलो बनाउने भएको छ । शुक्रबार बिहान ५ बजेदेखि लकडाउन खुकुलो बनाउने निर्णय भएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए ।

नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएको भन्दै असार २४ गतेदेखि वडा नम्बर ७, ८ र ९ मा औषधि र खाद्यान्नबाहेक अन्य सम्पूण उद्योग तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको थियो ।

नगरप्रमुख श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन कडाइ गरेर कोरोना संक्रमितको नजिकमा रहेको आशंका गरिएका ७४ जना र समुदायका १३९ जना गरी २१३ जनाको पीसीआर परीक्षण गराएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । लकडाउन खुकुलो बनाइए पनि सजग र उच्च सुरक्षा सतर्कता अपनाउन पुनः अपिल गर्दछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment