+
+
Shares

खैरहनी नगरपालिकाको राजस्व संकलन १८ प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १७:४४

१ साउन, चितवन । लकडाउनले आर्थिक क्षेत्रमा असर परे पनि चितवनको खैरहनी नगरपालिकाको राजस्व संकलन भने लक्ष्य अनुसार नै उठेको पाइएको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा १० करोड भन्दा बढी राजस्व संकलन गरेको छ । यसमा लागत सहभागिता जोडिएको छैन ।

लागत सहभागितासहित गत आर्थिक वर्षमा १४ करोड २९ लाख २० हजार रुपैयाँ राजश्व संकलन गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले वताए । गत आर्थिक वर्षमा ३ करोड ३६ लाख रुपैयाँ लागत सहभागीताबाट जुटेको थियो । नगरपालिकाले ९ करोड २५ लाख रुपैयाँ आन्तरिक श्रोतबाट राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्य भन्दा झण्डैं १८ प्रतिशत वढि रकम संकलन गरेको नगर प्रमुख चौधरीले वताए । आर्थिक वर्ष २०७७/७८ मा खैरहनी नगरपालिकाले १० करोड ११ लाख रुपैयाँ आन्तरिक श्रोतबाट संकलन गर्ने अनुमान गरेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सवैभन्दा वढि घरजग्गा रजिष्ट्रेशनबाट ६ करोड १५ लाख ३२ हजार, एकिकृत सम्पत्ति करबाट १ करोड ६८ लाख ४३ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुर मार्फत ६८ लाख ५० हजार, घरवहाल कर मार्फत ४८ लाख, अन्य दस्तुरबाट ४० लाख ५८ हजार, सिफारिस दस्तुरबाट ३६ लाख २७ हजार रुपैयाँ संकलन गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले वताए ।

यसैगरी, नक्सापास दस्तुरबाट ३२ लाख, भूमिकर/मालपोत मार्फत १५ लाख ९१ हजार, प्राकृतिक श्रोतको वाँडफाँडबाट १० लाख २९ हजार, नाता प्रमाणित दस्तुर मार्फत ७ लाख ३० हजार, वहाल विटौरी करमार्फत ७ लाख १८ हजार रुपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?