Comments Add Comment

बिहीबार १२ उडान-अवतरण, ५८६ नेपाली घर फर्किए

१ साउन, काठमाडौं । बिहीबार त्रिभुवन विमानस्थलबाट एकदर्जन उडान अवतरण भएका छन् । त्यसमध्ये ४ वटा गन्तब्यबाट ५८६ जना नेपाली घर फर्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५१ जना नेपालीलाई घर ल्यायो । नेपाल एयरलाइन्सले दुबईबाट १४३ जना नेपालीलाई काठमाडौं अवतरण गराएको छ ।

हिमालय एयरलाइन्सले आबुधावीबाट दुई जहाजबाट १४६/१४६ जना नेपालीलाई काठमाडौं ल्याएको छ । बिहीबार एयर अरेबियाले सारजाहाबाट कार्गो उडान गरेको छ ।

ड्रयागन एयरले समेत हङकङबाट नेपालमा कार्गो उडान गरेको छ । बिहीबार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुुई/दुई जहाज रियाद र दमामतर्फ उडेका छन् ।

यी जहाजहरु शुक्रबार काठमाडौं आउनेछन् । शुक्रबार विभिन्न कम्पनीका १५ उडान/अवतरण हुने तयारी भएको विमानस्थल कार्यालयको भनाई छ । शुक्रबार जजिरा एयरवेजको दुई जहाज कुवेतबाट आउनेछन् ।

बिहीबार आन्तरिकतर्फ १० उडान-अवतरण भएका छन् । विमानस्थल कार्यालयका अनुसार बिहीबार समिट एयरले लुक्लामा कार्गो लिएर गएको थियो । उक्त जहाज रित्तै काठमाडौं फर्किएको छ ।

समिटले डोल्पा र सिमिकोटका लागि क्रमशः १५ र १८ जना यात्रु लिएर उडेको छ । तारा एयरले पनि लुक्लाका लागि कार्गो लिएर उडेको थियो । फर्कँदा रित्तै आएको छ ।

मनाङ एयर ३ जना यात्रु लिन सर्लाही गएको थियो । श्री एयरले तातोपानीका लागि ३ यात्रु लिएर उडेको छ । मनाङ एयरसमेत ४ यात्रु बोकेर सोलुखुम्बु उडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment