+
+

चिकित्सक संघ चितवनको अध्यक्षमा लोकबहादुर सेढाई

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते ८:१०

२ साउन, चितवन । चिकित्सक संघ चितवनको अध्यक्षमा डा. लोकबहादुर सेढाई चयन भएका छन् ।

संघको बिहीबार भएको अधिवेशनले सेढाईको नेतृत्वमा तीन बर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा डा. भारतीदेवी शर्मा, उपाध्यक्ष डा. गुरुशरण शाह, सचिवमा डा. सूर्यप्रकाश सापकोटा, कोषाध्यक्षमा डा. मनोज कँडेल, सहसचिवमा डा. महेन्द्र अग्रहरी, सहकोषाध्यक्षमा डा.अनिल चौधरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा डा. रोहन झा, डा. पल्लभराज पौडेल, डा. शिव कँडेल, डा. विवेक कँडेल, डा. किरण देवकोटा, डा. प्रजिना भण्डारी चयन भएको निवर्तमान अध्यक्ष डा. प्रकाश खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?