+
+
Shares

रोकियो नेपाल चिकित्सक संघको चुनाव

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चिकित्सक संघको निर्वाचन समितिले पाटन उच्च अदालतको अन्तरिम आदेशका कारण निर्वाचन स्थगित भएको जनाएको छ।
  • निर्वाचन समितिले यथाशीघ्र नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ।
  • निर्वाचन पहिलो चरण माघ २ र ३ उपत्यका बाहिर, र १५, १६, १७ माघ उपत्यकाभित्र तोकिएको थियो।

२ माघ, काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । नेपाल चिकित्सक संघको निर्वाचन समितिले शुक्रबार एक सूचना जारी गर्दै पूर्वनिर्धारित तालिका अनुसारको निर्वाचन कार्यक्रम स्थगित भएको जनाएको हो ।

समितिले निर्वाचन स्थगित गर्नु कारण पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई उल्लेख गरेको छ । समितिले यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचनसम्बन्धी कार्यक्रमको नयाँ तालिका सार्वजनिक गर्ने जनाएको छ ।

पहिलो चरणमा माघ २ र ३ माघ उपत्यका बाहिर चुनाव तोकिएको थियो । यस्तै उपत्यकाभित्र १५, १६ र १७ माघमा हुने कार्यतालिका थियो ।

पछिल्लो पटक डा.अजयकुमार मिश्रले दायर गरेको रिटमा पाटन उच्च अदालतले यथास्थितिमा निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?