+
+

घुससहित समातिए इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते ९:२६

२ साउन, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले उपमहानगरका लेखा अधिकृत पोखरेललाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार विद्यालयको परीक्षा योजनाको खर्च हिसाब मिलान गर्न उनले सेवाग्राहीसँग ६५ हजार घुस मागेका थिए । उक्त रकम लिन बिहीबार साँझ उनी इटहरीको वीपी चोकमा रहेको समिप होटलमा पुगेका थिए ।

होटल अगाडी मोटरसाइकलको स्टार्ट बन्द नगरीभित्र पसेका पोखरेललाई घुस लिएर निस्कन खोज्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?