+
+
Shares

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच छलफलको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते ९:४९
फाइल तस्वीर

२ साउन, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ । छलफल केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा केन्द्रित हुने बताइएको छ ।

स्थायी कमिटीको बैठक ११ बजे बस्दै छ । दुई अध्यक्ष बीचको भेटवार्ताको समय भने टुंगो लागेको छैन ।

नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको छ । त्यसमा सहमत गराउन प्रचण्डले ओलीलाई भेट्न लागेको बताइएको छ ।

बिहीबार ओली, प्रचण्ड र माधव नेपाल पक्षबीच बालुवाटारमा छलफल भइसकेपछि दुवै पक्षका नेताहरु अलग–अलग छलफलमा जुटेका थिए ।

प्रचण्ड–माधव नेपाल पक्षको खुमलटारमा भएको भेलाले केन्द्रीय कमिटी बोलाउने निष्कर्ष निकालेको थियो । यसैगरी बालुवाटारमा भेला भएका ओली निकट नेताहरुले प्रचण्ड–नेपाल पक्षको कडा प्रतिवाद गर्ने निर्णय गरेका थिए । उनीहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने र हरेक परिस्थितिको सामना गर्ने निष्कर्षसमेत निकालेका छन् ।

नेकपा स्थायी कमिटीमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितका नेताहरुले ओलीको कार्यशैली ठीक नभएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् । यससँगै नेकपामा विवाद चर्किएको छ । गत असार २६ गतेपछि एक सातासम्म बैठक स्थगित गरेर सहमतिको प्रयास गरिए पनि विवाद समाधान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?