Comments Add Comment

पासपोर्टको बिषयमा स्वस्तिमाको आपत्तीपछि श्यामको स्पष्टिकरण

‘महानायक’को बिषयमा सुरु भएको विवाद र चर्चा अझै सकिएको छैन । निर्देशक दीपाश्री निरौलापछि सामाजिक संजालमा विभिन्न चलचित्रकर्मीले राजेश हमाल ‘महानायक’ होइनन् भनेर गरेको टिप्पणीलाई लिएर विभिन्न तर्क प्रस्तुत भैरहेका छन् ।

यसैक्रममा निर्देशक निश्चल बस्नेतले केही बर्ष अगाडि दिएको एक अन्र्तवार्तामा उनले नेपालमा कोहीपनि सुपरस्टार नभएको भनेर जवाफ दिएका थिए । सोही अन्र्तवार्ताको सानो अंश अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

बस्नेतको उक्त भनाई अहिले भाइरल भएपछि अमेरिकामा रहेका निर्देशक श्याम भट्टराइले एउटा स्टाटस लेखे । जसमा उनले राजेश हमालको हैसियतको बिषयमा बोल्ने निश्चलको कुन चलचित्र हिट भयो ? भनेर प्रश्न सोधेका थिए । उनले स्टाटसमा ‘तिमी र तिम्रो श्रीमतिको पासपोर्टको कपी पनि मसँगै छ, धेरै नबोल’ भनेर पनि उल्लेख गरेका थिए । श्यामले अहिले यो स्टाटस हटाइसकेका छन् ।

श्यामको यो स्टाटसपछि पासपोर्टको बिषयमा धेरैले प्रश्न पनि सोधेका थिए । यो स्टाटस सार्वजनिक भएपछि नायिका स्वस्तिमा खड्काले स्टाटस लेख्दै भनेकी छिन्–‘मैले कार्यक्रमको लागि पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गत्तल प्रवृत्ती हो, त्यसरी व्यवसायिक कामका लागि पठाएको व्यक्तिगत जानकारीको कुराले विना कारण धम्काउनु आफैमा व्यवसायिक काम होइन । उहाँ जस्तो प्रतिष्ठित अवार्डको आयोजकबाट मैले यस खाले गतिविधीको अपेक्षा गरेको थिइनँ ।’

स्वस्तिमाको यो स्टाटस सार्वजनिक भएपछि श्यामले जवाफ दिदै लेखेका छन्–‘राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठ जस्ता नेपाली चलचित्रका महान हस्तीहरुलाई सम्मान गर्न लागिएको अवार्डमा यहाँहरुको उपस्थित हुन इच्छा देखाएर प्रक्रियाको लागि पासपोर्ट कपि मलाई दिनुभएको हो, सो बाहेक अन्य कुनै प्रयोजनका लागि नदिएको र नलिएको जानकारी पनि सबैलाई जानकारी गराउन चाहन्छु ।’

उनले अगाडि लेखेका छन्–‘यसरी उक्त समारोहमा उपस्थित हुन अभिप्रेरित गरेका निर्देशक निश्चल बस्नेतको हृदयभित्र हाम्रा तिन अंग्रजहरुप्रतिको सम्मान भने कुन स्तरमा रहेछ भन्ने कुरा सामाजिक संजालमा प्रशारणमा आएको देखेपछि हामी चलचित्र प्रेमी कसैलाई पनि अवश्य खुशी बनाएन र त्यस्तो थियो भने किन इच्छा जाहेर गर्नुभएको थियो त भन्ने आशयमा लेखिएको स्टाटसले तपाइलाई पर्न गएको असुविधाप्रति म चिन्ता व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment