Comments Add Comment

सैनिक सूचना निर्देशकको जिम्मेवारी पौडेलले सम्हाले

२ साउन, काठमाडौं । नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयको निर्देशकको जिम्मेवारी शुक्रबारबाट सहायक रथी सन्तोष बल्लभ पौडेलले सम्हालेका छन् ।

हालका निर्देशक विज्ञानदेव पाण्डेको कर्णाली प्रदेशको निमित्त पृतनापतिका रुपमा सरुवा भएपछि जंगीअड्डाले पौडेललाई निर्देशनालयको जिम्मेवारी दिएको हो ।

जिम्मेवारी सम्हाल्नुपूर्व रक्षा संवाददाताहरुसँग छलफल गर्दै उनले राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई असर नपुग्ने सूचनामा प्रवाहमा सञ्चारकर्मीसँग सहकार्य हुने बताए । उनले भने, ‘जनताको सुसूचित हुने अधिकारको रक्षा गर्छौं, राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई समानान्तर रुपमा लैजाने विषयमा सन्तुलन कायम हुनुपर्छ, हामी दुवैको मिलन विन्दु र प्रस्थान विन्दु त्यही हो ।’

यसअघि पौडेलले जंगीअड्डाको १५ नं. बाहिनी र आपूर्ति तथा परिवहन निर्देशनालयको प्रमुखका रुपमा काम गरिसकेका छन् । उनी कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को लजिस्टिक अप्सको निवर्तमान प्रमुख समेत हुन् ।

सहायक रथी पाण्डेको भने उपरथीमा बढुवा हुँदैछ । जसका लागि बोर्डले उनको नाम स्वीकृत गरिसकेको छ । साउन १५ गतेपछि उपरथी झंकर कडायतको अवकाश पाउनेछन् र उनको ठाउँमा पाण्डेको बढुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment