Comments Add Comment

आलिया र रणवीर भन्दा राम्रा कलाकार देखाउनुहोस्, अनी ‘नेपोटिज्म’को बहस गरौंलाः आर बल्की

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिज्मको बहस चर्किएको छ । नेपोटिज्मका कारण फिल्म नगरी भन्दा बाहिरबाट आएका कलाकारले काम नपाउने र उनीहरुको जीवन डिप्रेशनमा जाने गरेको चर्चा पनि चलेको छ ।

तर, निर्देशक आर बल्की भने यो तर्कको विपक्षमा देखिएका छन् । उनले भने–‘फिल्मी पृष्ठभूमीबाट आएका कलाकारमा प्रतिभा नभएको खण्डमा दर्शकले स्विकार गर्दैनन् । मलाई यदि कसैले आलिया भट्ट र रणवीर कपुर भन्दा राम्रा कलाकार देखाओस्, अनी यो बिषयमा बहस गरौंला ।’

उनले, नेपोटिज्म हरेक ठाउँमा भएको पनि बताए । महिन्द्रा, अम्बानी, बजाजको बिषयमा पनि सोच्न आवश्यक छ भन्दै उनले भने–‘उनीहरुका पिताले व्यवसायको जिम्मा आफ्ना सन्तानलाई हस्तान्तरण गरेका छन् । के अम्बानी परिवारको व्यापार मुकेश अम्बानीले नभएर अरु कसैले चलाउन आवश्यक छ ?’

बाल्की भन्छन्–‘कैयौ पटक मानिसहरुले यो बिषयलाई मनोरञ्जनका लागि मात्र चर्चा गर्छन् । तर, यो राम्रो बहस होइन । बलिउड नगरीमा अन्य थुप्रै समस्या छन्, जुन यस्ता बहसले ओझेलमा परेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment