+
+

लमजुङमा क्वारेन्टिनमा बसेका युवकले गरे आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १५:०३

२ साउन, काठमाडौं । लमजुङमा क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी असार ३१ गतेदेखि वडा नम्बर ९ स्थित बुद्धोदय माविको क्वारेन्टिनमा बस्दै आएका थिए । फागुनमै बुटवलस्थित दिदीको घर गएका उनी असार ३१ गते आएर क्वारेन्टिनमा बसेको साल्मे भञ्ज्याङ स्वास्थ्यचौकीका इन्चार्ज सन्तोषबाबु सुवेदीले बताए ।

‘क्वारेन्टिनमा उनी एक्लै बस्दै आएका थिए । बेलाबेलामा उनको स्वस्थ्य अवस्थाबारे जानकारी लिन हामी जान्थ्यौं । उनको स्वास्थ्य अवस्था सबै सामान्य नै थियो,’ सुवेदीले भने, ‘तर शुक्रबार बिहान उनी क्वारेन्टिनको भान्सा कोठामा झुन्डिएको अवस्थामा फेला परेको हो ।’

क्वारेन्टिनमा बस्दा उनी आफैंले पकाएर खाने गरेको उनले बताए । सुवेदीले भने, ‘वडा कार्यालयले उनको लागि पकाउने र खानेको व्यवस्थापन मिलाएको थियो । क्वारेन्टिनमा बस्दा उनले हामीसँग कुनै गुनासो पनि गरेका थिएनन् ।’

लम्जुङका प्रहरी नायव उपरीक्षक गंगाबहादु थापाका अनुसार क्वारेन्टिनमा एक्लै बसेका युवकले झुन्डिएर आत्महत्या गरेको बताए । ‘फागुन अन्तिमतिर उनी विदेश जाने भन्दै बुटवलस्थित दिदीको घर गएका रहेछन् । तर लकडाउनका कारण विदेश जान नपाएपछि उनी बुटवबाट असार १९ गते पोखरामा रहेको भाउजुको घरमा आएर बसेका रहेछन्,’ थापाले भने, ‘त्यहाँबाट उनी असार ३१ गते गाउँ गएका रहेछन् । तर जिल्ला बाहिरबाट आएकालाई पनि क्वारेन्टिनमा राख्ने नियम अनुसार उनलाई क्वारेन्टिनमा राखिएको थियो ।’ शवको पोष्टमार्टम गर्न अनुकुल हेरेर बेंसीसहर अथवा दमौली लगिने उनले बताए ।

क्व्होलासोथार गाउँपालिका–९ का वडाध्यक्ष नन्दजंग गुरुङका अनुसार क्वारेन्टिनमा बसेका युवकले आफूहरुलाई कुनै गुनासो नगरेको बताए । उनले भने, ‘हामीले उहाँका लागि खाना र बस्नको लागि राम्रै व्यवस्थापन गरेका थियौं । तर झुल उपलब्ध गराउन आग्रह गरेका थिए । त्यो पनि छिट्टै उपलब्ध गराउने भनेका थियौं ।’

गुरुङले भने, ‘घटना स्थलमा प्रहरी, स्वास्थ्यकर्मी तथा मृतक युवकको परिवार आउँदै गरेको जानकारी हामीले पाएका छौं । पीसीआर परीक्षणको लागि उनको स्वाब समेत संकलन गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?