Comments Add Comment

रियल मड्रिड जिनेदिन जिदानले कसरी जिते ला लिगा?

२ साउन, काठमाडौं । बिहीबार राति भियारियललाई २-१ ले पराजित गर्दै रियल मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । कोरोना महामारीपछि पुनः सुरु भएको लिगमा लगातार १० खेल जित्दै रियलले ट्रफी उचालेको हो ।

यो जिनेदिन जिदानको टिमका लागि प्रभावशाली प्रदर्शन हो, जुन टिम गत सिजन बार्सिलोनाभन्दा १९ अंकले पछि परेको थियो । लगभग त्यही टिमले बार्सिलोनालार्इ उछिन्दै जितेको उपाधिले लस ब्लाकोसको लागि नयाँ युगको प्रतिनिधित्व गर्छ ।

किनकी गत मार्चमा जिदान बर्नाबेउ फर्केपछि रियलमा यस पटक धेरै फरक टिम बनेको छ, अझ राम्रोका लागि ।

जिदानको रक्षात्मक परिवर्तन

जिदानलाई सधैं उनको व्यवस्थापिकय क्षमताको लागि मानिन्छ । विगतमा उनलाई रणनीतिक हिसाबले कमजोर मानिन्थ्यो । उनी उत्कृष्ट खेलाडीलाई मात्र विश्वास गर्थे र मैदान पठाउथे । यही कारण टिममा एकरुपता भएन । रियलले लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जित्यो तर लिगमा भने सोही अनुसार खेल्न सकेन ।

पछिल्लो दुई सिजन उपाधि होडमा बार्सिलोनाभन्दा धेरै पछाडि परेको रियलको कमजोरी जिदानले पत्ता लगाए र सुधार गरे । अहिले रियल अझै बलियो भएको छ । विपक्षीका लागि थोरै स्थान मात्र रियलले दिन्छ । पछिल्ला वर्षहरुमा भन्दा अहिले उनीहरू पूर्ण रूपमा सन्तुलित छन् र उनीहरुविरुद्ध गोल गर्न धेरै गाह्रो छ ।

यसको नतिजा स्वरूप उनीहरूले ला लिगामा उत्कृष्ट रक्षात्मक कीर्तिमान बनाए ।३७ लिग खेलमा जम्मा २३ गोल खाएको छ रियलले ।

पछिल्लो दुई सिजनभन्दा यस सिजन झण्डै आधा कम गोल खाएको छ । २०१७-१८ मा ४४ र पछिल्लो सिजन ४६ गोल बेहोरेको थियो ।

साथै त्यो उपलब्धी आंशिक रूपमा उत्कृष्ट व्यक्तिगत प्रदर्शन मार्फत हासिल भएको छ ।फारल्यान्ड मेन्डी उत्कृष्ट लेफ्ट ब्याकको रुपमा थपिएका छन् ।राफेल भरान आफ्नो करियरकै उत्कृष्ट लयमा छन् । गोलकिपर थिबाउट कोर्तवा पनि उत्कृष्ट लयमा छन् ।सर्गियो रामोस एक उत्कृष्ट लिडरको रुपमा छन् ।र कासेमिरोले भन्दा अरु कसैले पनि चार डिफेण्डरलाई रक्षा गर्न सक्ने छैनन् ।

व्यक्तिगत फर्म भन्दा धेरै महत्त्वपूर्ण के छ भने उनीहरुको सामूहिक मानसिकता र अनुशासन हो, जुन कुरा जिदानले टिममा लागू गरेका थिए । उनले रक्षात्मक आधार तयार पारेका थिए ।

जताततै गोल

टोलीको नीति गोल स्कोरिङमा पनि देखिएको छ । रियलका २१ फरक खेलाडीले ला लिगामा गोल गरेका छन्, जुन पहिले कहिल्यै देखिएको थिएन ।

ब्याक-अप डिफेन्डर एडर मिलिताओ र विरलै प्रयोग गरिएको विंगर ब्राहिम डियाज मात्र त्यस्ता खेलाडीहरू हुन्, जसले स्कोर गरेका छैनन् ।

एकतर्फ यसले टीमको अग्रपंतिलाई नराम्रो प्रतिबिम्बित गर्दछ । यसमध्ये कुनै पनि फरवार्डले करिम बेन्जेमा बाहेक तीन भन्दा बढी लिग गोल कसैले गर्न सकेको छैन । दोस्रो सर्वाधिक गोलकर्ता कप्तान रामोस हुन्, जसले लिगमा १० मध्ये ६ गोल पेनाल्टीबाट गरेका छन् । मिडफिल्डर टोनी र कासेमिरोले समान चार गोल गरेका छन् । तर त्यसको कुनै मतलब छैन किनभने चार डिफेण्डर बाहेक अरु पनि रक्षात्मक सुधारको लागि जिम्मेवार हुन्छन् र जिदानले सबै खेलाडीलाई स्कोर गर्नका लागि प्रोत्साहित गर्दछन् ।

यसले जिदानको इच्छा आफ्नो पूरा टिमलाई भरोसा गर्ने रहेको थाहा हुन्छ । सबै उपलब्ध खेलाडीहरू – जस्तै गारथ बेल र हामेस रोड्रिगेजले पनि कम्तिमा एक खेल सुरुवाती खेलेका छन् । र जिदानले हरेक खेलाडीलाई आवश्यक र महत्त्वपूर्ण महसुस गराउँछन् ।

उत्कृष्ट बेन्जिमा

लिओनल मेस्सीले मात्र यो सिजनमा करिम बेन्जेमाभन्दा बढी गोल गरेका छन् । एक फरवार्ड, जसले गोल गर्ने कलामा निराश पारेनन् । उनले एकरुपताको प्रदर्शन गर्दै २१ गोल र ८ असिस्ट गरेका छन् ।

गोल संख्या भन्दा बढी बेन्जामा रुचीपूर्ण र निस्वार्थको लागि मूल्यवान छन् । फरवार्डको नेतृत्व गर्नुका साथै उनी नियमित रुपमा मडिफिल्डमा झर्छन् र लेफ्ट विंगमा आफ्ना साथीहरुसँग मिल्न जान्छन्, जसले बेन्जामाको ठाउँ खोज्ने र आफ्नो कब्जा कायम राख्ने क्षमताको ठूलो कदर गर्दछन् ।

क्रिस्टियानो रोनाल्डोको बहिर्गमनबाट बेन्जामाले पक्कै फाइदा लिएका छन् । अहिले उनी टोलीको आक्रमणकारी खेलको केन्द्रमा बस्न सक्षम भइरहेका छन् । उनले अपेक्षा गरिएभन्दा राम्रो प्रदर्शन गरेका छन् ।

रोनाल्डो युभेन्ट्समा लागेपछि बेन्जामाले दुई गुणा बढी गोल गरिसकेका छन् ।बेन्जामाले पछिल्लो दुई सिजन ४२ गोल गरिसकेका छन् । जबकी त्यसअघिको दुई सिजनमा उनले १६ गोल मात्र गरेका थिए ।

बेन्जामाले आफ्ना टोलीका साथीलाई अझ राम्रो बनाउँछन् ।एडेन हाजार्डसँग उनको बढ्दो समझदारी हेर्नु विशेष रमाइलो छ । ब्राजिलका दुई युवा विंगर भिनिसियस जुनियर र रोड्रिगो पनि उनको निर्देशनमा राम्रो खेलिरहेका छन् ।

महत्वपूर्ण विषय भनेको बेन्जामा अन्य फिल्डका खेलाडीहरू भन्दा बढी मिनेट खेल्नको लागि पर्याप्त फिट रहेका छन् ।कासेमिरो र बेन्जामाको मात्र त्यस्ता खेलाडी हुन्, जसको प्राकृतिक प्रतिस्थापन छैन ।

उज्जवल भविष्य ?

२१ वर्षीय फेडेरिको भल्भर्डेले यस सिजन रियलका लागि ४२ खेल खेले । रियल मड्रिड प्रशंसकहरूका लागि अझ राम्रो समाचार यो छ कि उनीहरुको भविष्य उज्ज्वल देखिन्छ । यद्यपि रामोस (३४), मोड्रिक (३४) र बेन्जामा (३२) आफ्नो करियरको अन्तिमतिर छन् ।

युवा खेलाडीहरु भिनिसियस, रोड्रिगो, मेन्डी र फेड भाल्भर्डे जस्ता खेलाडीहरू राम्रो रुपमा बइरहेका छन् । रियलले क्षमतावान युवा खेलाडीहरुलाई लोनमा पठाएको छ । क्रिएटिभ मिडफिल्डर मार्टिन ओडेगार्ड रियल सोसिडाडमा लोनमा खेलिरहेका छन् । यस्तै कुबो मालोर्का र सर्जियो रगुइलोन सेभियामा लोनमा छन्‍ ।

रियलको अबको काम भनेको च्याम्पियन्स लिग अन्तर्गत म्यानचेष्टर सिटीसंग पहिलो लेगमा बेहोरेको हार उल्टाउनु हुनेछ । तर प्रेरणादायी कप्तान रामोसले यो खेल गुमाउनेछन् ।

तर यस सिजन जिदानको टिमले गरेको प्रगतिले स्पेनमा बार्सिलोनाको प्रभुत्वको दिन समाप्त भएको संकेत गर्छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment