
३ साउन, काठमाडौं । १२बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले फेरि सत्याग्रह सुरु गरेका छन् । इनफ इन इनफ अभियानमा आवद्ध युवाहरुले शनिबार मध्यहृन १२ बजेबाट बसन्तपुर क्षेत्रमा सत्याग्रह सुरु गरेका हुन् ।
खुला सत्यग्रहमा नाम दिइएको यो अनसनमा इच्छुक व्यक्ति आफूले चाहेको समय अवधि अनुसार बस्न सक्नेछन् । तर सत्याग्रह अवधिभर खाना, पानी केही पनि खान पाइने छैन ।
ईः भने अनिश्चितकालीन सत्याग्रहमा बस्ने बताएका छन् ।
यसअघि ईः र पुकार बम १२ दिनसम्म आमरण अनसनमा बसेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ बुँदे सहमति गरेको थियो । सहमतिमा जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्नेगरी एक हप्ताभित्र हालको निर्देशिका परिमार्जन गर्ने उल्लेख थियो ।
तर सहमति कार्यान्वयन नभएको अभियान्ताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4