Comments Add Comment

घरभाडा छुट गर्ने धनकुटाका ८६ घरधनी सम्मानित

३ साउन, धनकुटा । लकडाउनको मारमा परेका डेरावाल एवं पसलेहरुलाई घरभाडा छुट गर्ने धनकुटाका ८६ जना घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको छ ।

लक डाउनको कारण लामो समय सम्म व्यापार व्यावसाय बन्द भई ठूलो आर्थिक संकटमा परेका व्यापराी तथा व्यावसायीहरुलाई घर भाडा छुट गरी दुखमा साथ दिनेहरुमा धनकुटा नगरपालिका वडा नं.७ संगम टोलका दिपेश राई (कान्छा), जितबहादुर राई, शान्त राई, कृष्णबहादुर बोगटी, सुष्मा बोगटी लगायत सम्मानित भएका छन् ।

त्यसैगरी धनकुटा मदनचौकका कृष्णबहादुर श्रेष्ठ, बिमल श्रेष्ठ, सुरेन्द्र आठपहरिया, मनु आठपहरिया, देवबहादर लिम्बुसमेत घरभाडा छुट गरेर सम्मानित भएका छन् ।
त्यस्तै, धनकुटा जिरोप्वाइन्टका गौरीमान श्रेष्ठलगायतका घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट दोसल्ला तथा खादा ओढाएर टीका लगाई सम्मानित गरिएको छ ।

यसअघि पनि घरभाडा छुट गर्नेहरुलाई धनकुटा उद्योग बाणिज्य संघका तर्फबाट सम्मान गरिएको थियो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले घरभाडा छुट गरी दुःखमा परेका व्यावसायीहरुलाई सहयोग गरेकोमा धरधनीहरुलाई धन्यवाद दिए । साथै घरभाडा छुट दिन बाँकी रहेका धनकुटा जिल्लाका सबै घरधनीहरुलाईर् घरभाडा छुट गरिदिन अध्यक्ष राईले आग्रह गरे ।

लकडाउनका कारण व्यापार व्यावसाय बन्द भई मारमा परेकाहरुलाई घरभाडा छुट गर्ने घरधनीहरुमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ र कार्यकारी सदस्यहरु अम्विका धमला, सुनिता थापासमेत छन् ।

धनकुटा बजारका ८६ जनाले घर भाडा मिनाहा गरेको उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment