 
																			४ साउन, जनकपुरधाम । पुरातत्व विभागले जानकी मन्दिर सौन्दर्यीकरण र विद्युतीकरणको काम गर्दा सम्पदामा पर्न सक्ने असरबारे ख्याल गर्न आग्रह गरेको छ ।
जानकी मन्दिर सौन्दर्यीकरण गर्दा भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रियामा असहज परिस्थिति नआउने गरी काम गर्न विभागले आग्रह गरेको हो । सौन्दर्यीकरण कार्यक्रमले उक्त क्षेत्रको संवेदनशीलता, अविछिन्नता एवं प्राथमिकता जस्ता बिषयमा हस्तक्षेप हुन सक्ने भन्दै विभागले त्यसतर्फ सचेत गराएको हो।
जनकपुर वृहत्तर विकास परिषदले प्रदेश २ र संघीय सरकारको लगानीमा जानकी मन्दिरभित्र र बाहिर १२ करोड रुपैयाँमा सौन्दर्यीकरण तथा विद्युतीकरण योजना अघि बढाएको छ ।
‘भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने प्रक्रियामा सहज रुपमा अगाडि बढाउनका लागि उक्त क्षेत्रको गुण तथा विशेषताहरुको संवेदनशीलता, अविछिन्नता एवं प्राथमिकता जस्ता महत्वपूर्ण विषयहरुलाई नयाँ किसिमका हस्तक्षेप वा थप कार्यहरुले नकारात्मक असर नपरोस् भन्नेमा सरोकारवाला सबै सचेत हुनु आवश्यक र अनिवार्य छ’ विभागकी पुरातत्व अधिकृत सुभद्रा भट्टराईले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्लाई पठाएको पत्रमा भनिएको छ ।
विभागले जानकी मन्दिर क्षेत्रमा नयाँ विकास निर्माण एवं सौन्दर्यीकरण सम्बन्धी कुनै काम गर्नुपरेमा जनकपुरधाम उपमहानगरपालिका एवं स्थानीय सरोकारवालासँग समन्वय गरी अघि बढ्न आग्रह गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4