+
+

१३ वर्षपछि समातिए अपहरण काण्डका योजनाकार

जब अपहरणकारी नै फिरौती बुझाउन गए...

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १४:३४

४ साउन, काठमाडौं । प्रहरीले १३ वर्ष पहिले अपहरणपछि हत्या गरेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुजफ्फरपुर, नगरखाना आखाडाघाटका राजेशकुमार गुप्ता छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनलाई सर्लाहीको मलंगवाबाट विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापाका अनुसार २४ असोज २०६४ मा राई स्कुल जोरपाटीको कक्षा ७ मा अध्ययन गर्ने रोहित गुप्ता अपहरणमा परेका थिए ।

लगत्तै अपरिचित व्यक्तिले फोन गरेर २ लाख ५० हजार रुपैयाँ फिरौती मागेका थिए । तर, रकम दिइसके पश्चात पनि बालक अपहरणमुक्त भएनन्, तीन दिनपछि कमलादीस्थित गणेश मन्दिर नजिक सडकको पेटीमा प्लास्टिकको बोरामा पोको पारेको अवस्थामा शव भेटियो ।

अनुसन्धानमा क्रममा बालकको अपहरण तथा हत्या उनकै सहोदर मामा गुप्ताको योजनामा भएको खुलेको थियो । धादिङको विष्णु सुनारसमेतको संलग्नतामा जादु सिकाउने बहाना गरी उनलाई अपहरण गरेको पाइएको एसएसपी थापाले बताए ।

थापाका अनुसार कोठामा बच्चा चिच्याउन लाग्दा रुमालले मुख थुनेर घुँडा समेत थिची बालकको हत्या गरेको पाइएको थियो । यो घटनापछि नै उनले बाबुसँग फिरौतीबापत रकम लिएको पाइएको थियो ।

एसपी ईश्वर कार्कीका अनुसार गुप्ताले नै परिवारको तर्फबाट थानकोट त्रिभुवन पार्कसम्म फिरौतीको रकम लगेका थिए । त्यहाँ अपरिचित व्यक्तिहरु ट्याक्सीमा आएर रकम लगेको भनेर उनले परिवारलाई झुक्याएका थिए ।

उनी खोजतलासको बहानामा केही समय प्रहरी कार्यालयमा पनि गएका थिए । पछि उनी फरार भएपछि भएका थिए । प्रहरीको निरन्तर निगरानी पश्चात गुप्ता १३ वर्षपछि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?