
४ साउन, विराटनगर । कोरोना महामारी र लकडाउनका कारण विराटनगर भन्सारको राजस्व संकलन घटेको छ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना र कोरोना नियन्त्रणका लागि आहृवान गरिएको लकडाउनका कारण आर्थिक वर्ष ०७६/०७७ मा लक्ष्यभन्दा ४३ प्रतिशत कम राजस्व संकलन भएको हो ।
भन्सारकी सूचना अधिकारी सुनिता पौडेलका अनुसार ४९ अर्ब ६४ करोड ६० लाख रुपैयाँ असुलीको लक्ष्य लिइएको थियो । तर २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपैयाँ मात्र संकलन भएको छ । संकलन भएको राजस्व लक्ष्यभन्दा २१ अर्ब २८ करोड २५ लाख ७१ हजार कम हो ।
भन्सारले २१ अर्ब २० करोड १० लाख भन्सार महसुल संकलन गर्ने लक्ष्य राखेको थियो । तर १२ अर्ब चार करोड २९ लाख मात्र संकलन भएको छ ।
मूल्य अभिबृद्धि करतर्फ २५ अर्ब ९३ करोड ५६ लाख २२ हजारको लक्ष्य थियो । जसमा १४ अर्व ६७ करोड ७४ लाख रुपैयाँ संकलन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4