Comments Add Comment

बुटवल–तानसेन सडक तीन दिनदेखि अवरुद्ध

४ साउन, बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्डको तल्लो डुम्रे नजिकै खसेको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पा हुँदै गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, बागलुङ, पर्वत लगायतका जिल्लातर्फ जान हिँडेका र बुटवलतर्फ आउँदै गरेका सयौं सवारी साधन र यात्रु सडकमै अलपत्र परेका छन् ।

दुईवटा एक्साभेटर प्रयोग गरेर शनिबारदेखि नै पहिरो हटाउने काम भइरहेको भएपनि सडक सुचारु गराउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

उनले भने, ‘तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरोले सडकको ६० मिटर क्षेत्र पुरेको छ । सडकमा दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । आइतबार पनि बुटवल र पाल्पाबाट दुई वटा एक्साभेटर र एउटा लोडरमार्फत पहिरो हटाउने काम भइरहेको छ । यो बीचमा वर्षा नभए आइतबार साँझ अबेरसम्म सडक सञ्चालनमा आउन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment