Comments Add Comment

चाबहिल–गौशाला सडकको यो हालत !

५ साउन, काठमाडौं । चाबहिल–गौशाला सडक बनिरहेको छ । वर्षा अगावै काम सक्ने भनिए पनि समयमै काम भएन ।

विद्युतको तार अन्डरग्राउन्ड गर्ने काम नसकिएको भन्दै सडक कालोपत्रे भएन । चाबहिलबाट जोरपाटीतर्फ जाने सडकको पनि पहिल्यैदेखि हालत खराब छ ।

यस्तो अवस्थामा चाबहिल चोक र आसपासका स्थानीय, व्यवसायीलाई सकडमा निस्कन मुस्किल छ । एक झर पानी पर्नासाथ सकडमा हिलोको राज हुन्छ ।

स्थानीय नारायण महर्जन लगातार तीन दिनकोे झरीले सडक हिलाम्मे र चिप्लो हुँदा सर्वसाधारणलाई समस्या भएको बताउँछन् ।

सडकमा भएका ठूला खाल्डो र सडक दायाँवायाँ बढाउने कार्य भइरहेकाले चाबहिल क्षेत्रमा सडक हिलाम्य छ । सवारी साधन ठाउँठाउँमा फस्ने गरेका छन् भने मोटरसाइकललाई गन्तव्यसम्म पुग्न निकै मुस्किल पर्ने गरेको छ ।

झरीले यो सडकमा यात्रा गर्न निकै सास्ती छ । प्रकाश थापा मोटरसाइकल चिप्लिएर सडकमै पल्टिने डर बढेको बताउँछन् । सडकमा स्कुटर लिएर हिँड्न झन् समस्या छ । दुर्घटनाको जोखिम पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment