
५ असार, काठमाडौं । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाराका सव-इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल घुससहित पक्राउ परेका छन् ।
नदी तटबन्धको लागि जाली लगाउने कार्यको भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सव-इन्जिनियर जैसवालले घुस मागेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
घुस रकम लिएर आफूसँगै रहेका चन्दन जैसवाललाई दिई भाग्न खोज्दा दुवै जनालाई कलैया नगरपालिका–४ बाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4