Comments Add Comment

सौन्दर्य प्रशाधन : छालाको चिप्लोपना र डन्डिफोरबाट बच्न

गर्मीको याम छ । यतिबेला छालामा अनेकन समस्या देखापर्छ । जस्तो कि, डन्डिफोर आउने, छालामा चिप्लोपना आउने ।

चर्को घाम, धुलो–धुँवाको असर पनि छालामा पर्छ । त्यसैगरी खराब खानपान, जीवनशैली, तनाव आदिले समेत अनुहार एवं छालामा समस्या ल्याउँछ । कतिपयमा भने वंशानुगत रुपमै डन्डिफोर जस्ता समस्या देखिन्छ ।

अनुहार एवं छालाको सौन्दर्य कायम राख्न स्वस्थ जीवनशैली अनिवार्य सर्त हो । जस्तो कि, सन्तुलित खानपान, सही समयमा सुत्ने र उठ्ने, पर्याप्त निद्रा लिने, तनाव नलिने, योग–व्यायाम गर्ने । पर्याप्त पानी पिउने, मौसमी फलफूल एवं सागसब्जी सेवन गर्ने, खानामा सलाद समावेश गर्ने । यसरी सही खानपान एवं जीवनशैलीबाट शरीरलाई स्वस्थ राख्न मात्र होइन, सौन्दर्य कायम राख्न समेत सकिन्छ ।

त्यसबाहेक छाला एवं अनुहारको सुन्दरता कायम राख्न अरु उपाय समेत अपनाउनुपर्ने हुन्छ ।

–दिनमा दुई पटक सफा पानीले राम्ररी अनुहार सफा गर्ने ।

–राती अनिवार्य क्लिजिङ गर्ने ।

–नियमित व्यायाम गर्ने । शरीर सक्रिय राख्ने ।

–चिल्लोरहित खानेकुरा सेवन गर्ने । सागसब्जी, फलफूल सेवन गर्ने ।

– प्रशोधित खानेकुरा, माछामासु, फास्टफुड, दुधजन्य उत्पादन नियन्त्रण गर्ने ।

सौन्दर्य प्रसाधान

त्यसो त अनुहारमा आउने चिप्लोपना र डन्डिफोरबाट बच्न बजारमा विभिन्न उत्पादनका सौन्दर्य प्रशाधन पनि उपलब्ध हुने गर्छन् । जस्तो कि, एसेन्स आयल कन्ट्रोल क्लिन्जर । यसको प्रयोगले अनुहारको चिल्लोपना कम हुने, मृत्त कोशिका हटाउने र रोम छिद्रमा रहेको फोहोर निकाल्ने बताइन्छ ।

एसेन्स आयल कन्ट्रोल क्लिन्जिरमा हुने जिंक पिसिएले छालाको  चिप्लो पदार्थ नियन्त्रण गर्ने र डन्डिफोरको ब्याक्टेरिया रोक्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment