Comments Add Comment

सियारीमा गाईको बाच्छी हुर्काउनेलाई १० हजार

५ साउन, बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले गाईको बाच्छी हुर्काउने किसानलाई प्रति बाच्छी १० हजार रुपैयाँ प्रोत्साहन दिने नीति लिएको छ ।

दुध उत्पादन बढाउने उद्देश्यले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यक्रम शुरूवात गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा गाईको संख्या कम भएको र विदेशबाट गाई आयात गर्नुपर्ने बाध्यता हटाउन यो कार्यक्रम शुरु गरिएको सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए । कार्यक्रमका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरी कार्यक्रमको थालनी गरेको उनले बताए ।

‘गोठमा जन्मेका प्रत्येक बाच्छीहरुको जन्मदर्ता गरिने र १० महिना राम्ररी पालन गरिसकेपछि प्रति बाच्छी १० हजार रुपैयां किसानलाई प्रोत्साहन स्वरुप रकम दिइनेछ’–अध्यक्ष थारुले भने, ‘रुपन्देहीमा मात्र होइन, संभवतः प्रदेश ५ मै यस्तो कार्यक्रम पहिलो हो ।’

बाच्छी हुर्काउने कार्यक्रमले गाउँपालिकामा दूध उत्पादनका लागि विदेशबाट गाई आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने र किसानहरुको आयआर्जनमा वृद्धि हुने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् ।

सियारी गाउँपालिका वडा नम्बर—६ का पशुपालक आनन्द भण्डारीको गोठमा आइतबार जन्मिएको बाच्छिको जन्म दर्ता गर्दै बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष थारु स्वयं रुपन्देहीका पुराना र नाम कमाएका पशुपालक किसान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment