Comments Add Comment

धनगढी बजारका चार स्थानमा शंकास्पद वस्तु, सेनाले पार्‍यो निष्कृय

६ साउन, धनगढी । कैलालीका चार स्थानमा शंंकास्पद वस्तु फेला परेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय जाने बाटो, धनगढी बजारको एलएन चोक र लम्कीचुहा नगरपालिका कार्यालय अगाडि मंगलवार बिहान कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेका प्रहरीले जनाएको छ ।

कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले विभिन्न चार स्थानमा बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको बताए ।

नेपाली सेनाको टोलीले ती शंकास्पद वस्तु निष्कृय पारेको जानकारी पनि उनले दिए । ती शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment