+
+
Shares

पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुर्दा दुईजना वेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते ८:३४

६ साउन, काठमाडौं । पूर्वी नवलपरासीको बुलिङटारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् ।

पहिरोले बुलिङटार गाउँपालिका–२ डाँडाझेरीका ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती बेपत्ता भएका गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।

घरमा सुतिरहेका बेला उनीहरुलाई मंगलबार बिहान करिब तीन बजेतिर आएको पहिरोले घरसँगै पुरेको थियो । पहिरोले बाख्रा र कुखुरा पनि पुरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए । ‘बाटो अवरुद्ध छ, टेलिफोन सम्पर्क पनि स्थापित हुन सकिरहेको छैन,’ एसपी रेग्मीले भने, ‘त्यसैले घटनाको विस्तृत विवरण आइसकेको छैन ।’

घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।

यसैबीच विनय त्रिवेणी गाउँपालिकाको भित्री सडकमा लु २ च ६१७१ नम्बरको पिकअप भ्यानलाई खहरे खोलाले बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?