Comments Add Comment

कार्यकाल बाँकी छदै कालिकाबाट बाहिरिए सीईओ बोहरा

६ साउन, काठमाडौं । कालिका माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा संस्थाबाट बाहिरिएका छन् । सञ्चालक समितिसँगको सहमतिमा नै सीईओ बोहराले पद छाडेका हुन् ।

२०७३ सालमा तत्कालिन कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सीईओ नियुक्त भएका बोहराले संस्थामा ३ वर्ष ६ महिना बिताएर सोमबार औपचारिक रुपमा बिदा भए ।

बोहरा बिदा भएसँगै सञ्चालक समितिले कामु सीईओको जिम्मेबारी डेपुटी सीईओ कमल खत्रीलाई दिएको छ । खत्री तत्कालिन जनसेवी लघुवित्त वित्तीय संस्थाका सीईओ थिए । जनसेवी कालिकामा गाभिए पछि बोहरा सीईओ र खत्री डेपुटी सीईओ भएर काम गरेका थिए ।

बैंकक तथा वित्तीइ संस्थाका सञ्चालकले दिएको प्रेसरका कारण धेरै सीईओहरुले कार्यकाल बाँकी छददै स्रस्था छाड्ने गरेका छन् । यद्यपि, बोहरा भने सहमति अनुसार नै बिदाई भएको संस्थाको सञ्चालक समितिले जनाएको छ ।

बोहराले पनि संस्थालाई राम्रो स्थानमा पुर्याएर बाहिरिन पाएकोमा आफू खुसी नै रहेको प्रतिक्रिया दिएका छन् । बोहरा सीईओ हुनु अघि क्षेत्रीयस्तरमा सिमित रहेको संस्था अहिले राष्ट्रिय स्तरको बनिसकेको छ ।

त्यसबेला १० जिल्ला कार्यक्षेत्र र २४ वटा शाखा कार्यालयबाट ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । संस्थामा ११० जनामात्रै कर्मचारी थिए भने पुँजी ५ करोड रुपैयाँमात्रै थियो । उनको कार्यकालमा संस्थाले राम्रै प्रगति गर्यो ।

लगानीकर्ताहरुले ६७ प्रतिशतसम्म वोनस पाए भने संस्था १० जिल्लाबाट राष्ट्रियस्तरमा बढुवा भयो । शाखा कार्यालयहरु पनि ९६ पुगेका छन् भने कर्जा लगानी २ अर्ब ४२ करोड पुगेको छ । संस्थाको कुल पुँजी २५ करोड रुपैयाँ पुगेको छ भने कर्मचारीको संस्था ३८६ पुगेको छ ।

बोहराले तत्कालै अर्को संस्थाको सीईओ हुन भने पाउने छैनन् । एक स.स्था छाडेको कम्तिमा ६ महिना कुलिङ पेरियडमा बस्नुपर्ने राष्ट्र बैंकको नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment