
६ साउन, कठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को तथ्यांकअनुसार उद्धार फाइटमार्फत सोमबारसम्म झण्डै ३३ हजार नेपाली विदेशबाट नेपाल आएका छन् ।
यसरी फर्किएका ३२ हजार ८७८ मध्ये ३ हजार ५८५ जना होम क्वारेन्टिनमा बस्ने गरी घर गएका छन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने बल्ल होम क्वारेन्टिनमा बस्न दिनेसम्बन्धी मापदण्ड ल्याएको छ ।
मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम कोभिड–१९ प्रभावित देशबाट आउनेहरु होम क्वारेन्टिनमा बस्न पाउने गरी मापदण्ड स्वीकृत भएको छ । २ साउनमा स्वीकृत भएको यो मापदण्डमा होम क्वारेन्टिनमा बस्ने व्यक्तिको घरमा हुनुपर्ने न्यूनमत भौतिक पूर्वाधार, परिवारका सदस्यहरुले पालना गर्नुपर्ने नियमहरुबारे उल्लेख छ ।
र, सम्बन्धित स्थानीय निकायको सहमति र प्रत्यक्ष निगरानीमा रहने गरी होम क्वारेन्टिनमा बस्न दिइनेछ ।
हेर्नुहोस् मापदण्ड
प्रतिक्रिया 4