Comments Add Comment

चेपाङ बस्तीका घर भत्काउनेलाई कारवाही गर : भूमि आयोग

६ साउन, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले चितवन माडी ९ स्थित चेपाङवस्तीका घर भत्काउने चिवतन राष्ट्रिय निकुञ्जका कर्मचारीमाथि कारवाही गर्न माग गरेको छ ।

चेपाङबस्तीमा ८ वटा घर हात्ती लगाएर भत्काएको र दुई घरमा आगो लगाइदिएको घटनाप्रति आयोगको ध्यानाकर्षणसमेत भएको बताएको छ ।

गाँस/बासको अरु उपाय नभएका चेपाङ सुकुम्बासीलाई दुई दशकभन्दा बढी समयसम्म बस्दै आएको स्थानमा जुनसुकै कारण देखाएर पनि उठिबास गराउन नपाइने आयोगको भनाइ छ ।

पीडित नागरिकलाई तुरुन्त आवास र क्षतिपूर्तिको व्यवस्था गर्न र संलग्नमाथि कारवाही गर्न समेत आयोगले माग गरेको छ । ‘राज्यले संरक्षण गर्नुपर्ने नागरिकलाई राज्यकै निकायबाट दूब्र्यहार हुने कुरा सोच्न पनि सकिदैन,’ आयोगका प्रवक्ता भीम बहादुर कार्कीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भूमिहिन सुकुम्बासीलाई भूमि व्यवसथा गर्न भूमि सम्बन्धि समस्या समाधान आयोग गठन भई काम शुरु भइसकेको र आयोगले काम शुरु भएकै दिन यस्तो गतिविधि भएको भन्दै आयोगले कसैलाई पनि जबर्जस्ती विस्थापित नगर्न र नयाँ बस्ती समेत बिस्तार नगर्न सरोकारवाला सबैको ध्यानाकर्षण समेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सेलिब्रिटी एक भ्रम

Advertisment