Comments Add Comment

म्यानचेष्टर सिटीको शानदार जित, एस्टनभिल्लासँग आर्सनल पराजित

७ साउन, काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले वाटफोर्डविरुद्ध सहज जित हात पारेको छ । लण्डन क्लब आर्सनल भने एस्टभिल्लासँग पराजित भएको छ ।

रहिम स्टर्लिङको दुई गोल मद्दतमा सिटीले वाटफोर्डलाई ४-० ले पराजित गरेको हो । वाटफोर्डको मानमा भएको खेलको ३१औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा स्टर्लिङले नै सिटीको अग्रता दोब्बर पारे । वाटफोर्डका विल ह्युग्सले स्टर्लिङलाई नै फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो । स्टर्लिङले प्रहार गरेको पेनाल्टी वाटफोर्डका गोलकिपरले सुरुमा बचाएका थिए तर स्टर्लिङले रिबाउण्डमा गोल गरे ।

दोस्रो हाफमा पनि सिटीले दुई गोल गर्‍यो । ६३औं मिनेटमा फिल फोडेनले र ६६औं मिनेटमा एमरिक लापोर्टले गोल गरेपछि सिटीले सहज जित हात पारेको हो । जितपछि सिटीले ३७ खेलबाट ७८ अंक जोडेको छ । वाटफोर्ड भने रेलिगेसन जोनमा छ । ३७ खेलबाट ३४ अंक रहेको वाटफोर्ड पूछारबाट तेस्रो अर्थात १८औं स्थानमा छ ।

अर्को खेल रेलिगेसन जोनको एस्टनभिल्लाले आर्सनललाई पराजित गरेपछि वाटफोर्डको रेलिगेसन सम्भावना बढेको छ ।

एस्टनभिल्लाको मैदानमा भएको खेलमा आर्सनलले अप्रत्यासित १-० को हार बेहोरेको हो । घरेलु मैदानमा एस्टनभिल्लालाई जिताउन ट्रेजेग्वेटले २७औं मिनेटमा गोल गरे ।

जितपछि एस्टनभिल्लाले रेलिगेसन जोन छाडेको छ । ३७ खेलबाट वाटफोर्ड समान ३४ अंक जोडेको एस्टनभिल्ला हेड टु हेडमा अगाडि रहँदै १७औं स्थानमा उक्लेको हो ।

आर्सनलले भने पराजयपछि ५३ अंकसहित १०औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment