+
+
Shares

चार महिनापछि सुरु भयो मापसे जाँच

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १०:१४

७ साउन, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ ।

बुधबारबाट नियमित रुपमा चाँज थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘सावधानी अपनाउँदै जाँच गर्छौं, मेसिनको प्रयोगलाई भने निरुत्साहित नै गर्छौं ।’ अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने उनले बताए ।

महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो । त्यसवेलादेखि रोकिएका सचेतना कक्षा पनि अब सुरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?