+
+
Shares

पर्सामा रक्सी भट्टी नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १२:१५

७ साउन, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा प्रहरीले अवैध मदिरा उत्पादन गर्ने दुईवटा रक्सी भट्टी नष्ट गरेको छ । बहुदरमाई नगरपालिका– ७ बहुअर्वाभठ्ठा बस्ने प्रभु साह कलवारले सञ्चालन गरेका रक्सी भट्टी नष्ट गरिएको हो ।

विशेष सूचनाको आधारमा मंगलबार बिहान ४ बजेतिर गएको प्रहरी टोलीले कलवारले सञ्चालन गरेको दुईवटा रक्सी भट्टी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भट्टी नष्ट गर्ने क्रममा २ सय लिटर तयारी मदिरा र ३५ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?