+
+
Shares

सर्लाहीमा बाढीले बगाउँदा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १९:२२

७ साउन, जनकपुरधाम । सर्लाहीमा दुई छुट्टाछुट्टै स्थानमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोलेको ईश्वरपुर नगरपालिका-४ स्थित अम्बेमा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खोलामा पौडी खेल्ने क्रममा उनलाई मंगलबार बाढीले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ३ किलोमिटर दक्षिण खोलाको बगरमा बुधबार फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यसैगरी रामनगर गाउँपालिका-६ मलघाटास्थित कुण्डि नहरको लच्का तर्ने क्रममा नहरमा आएको बाढीले बगाउँदा एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय बजेन्द्र झा रहेका छन् । बुधबार उनलाई नहरमा आएको बाढीको वेगले बगाएको थियो । उनको शव बगेको ठाउँदेखि करिब ५ सय मिटर दक्षिणमा फेला परेको कुँवरले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?