Comments Add Comment

लाउरेन्ट ब्लांक बार्सिलोनाको सम्भावित प्रशिक्षक

८ साउन, काठमाडौं । फ्रान्सेली प्रशिक्षक लाउरेन्ट ब्लांकलाई स्पानिस क्लब बार्सिलोनाको भावी प्रशिक्षकको रुपमा हेरिएको छ । आगामी समरमा ब्लांकले अहिलेका प्रशिक्षक किके सेटिउनलाई विस्थापित गर्ने सक्ने स्पानिस अनलाइन मार्काले जनाएको छ  ।

ला लिगाको उपाधि रक्षा गर्न असफल भएपछि सेटिउनको पद अहिले धरापमा छ । त्यसैले पनि क्याटलाना क्लब अहिले उनको विकल्प खोज्न थालेको छ । यदि बार्सिलोनाले च्याम्पियन्स लिग उपाधि जित्न नसके उनी बाहिरिने पक्का छ ।

एल इक्विपेका अनुसार बार्सिलोनाको मुख्य टार्गेटमा ब्लांक छन् । बार्सिलोनाको स्पोर्टिङ डिरेक्टर तथा क्लबका पूर्व खेलाडी एरिक अविदाल पनि यसको सम्भावनामा छन् । अविदाल फ्रान्सका पूर्व खेलाडी समेत हुन् ।

एल इक्विपेले ब्लांक प्रशिक्षक पदका लागि इच्छुक रहेको समेत जनाएको छ । सन् २०१६ मा फ्रान्सेली क्लब परेरिस सेन्ट जर्मने छाडेपछि ब्लांक फुटबलमा छैनन् ।

अविदालले यसअई २०१० र २०१२ मा फ्रान्सको राष्ट्रिय टिममा रहँदा ब्लांकसँग काम गरेका थिए ।

पिएसजी छाडेपटि ब्लांकलाई सेभिया र गालातासारेबाट अफर आएको थियो तर उनी कतै गएनन् ।

ब्लांक एक वर्षको सम्झाैताको तयारी गरिरहेको जनाइएको छ । यस्तै उनले आफूसँग आफ्नो सहायक फ्रांक पास्सीलाई पनि ल्याउन चाहन्छन् ।

अहिले बार्सिलोनाको प्रशिक्षक बन्नका लागि ब्लांक मात्र छैनन् । एल इक्विपेले रोनाल्डो कोएमन पनि क्लबका अध्यक्ष जोसेप मारिया बार्तामेउको नजरमा रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment