+
+

अनशनरत युवासँग भएको सहमति लागु नगर्नु अपराध हो : साझा पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १०:५४

८ साउन, काठमाडौं । कोरोना संक्रमणको प्रभावकारी व्यवस्थापन गर्न माग गर्दै ‘इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको दोस्रो पटकको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ ।

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै ई, करण गुरूङ र समाइरा श्रेष्ठले पुनः अनसन सुरु गरेको बिहीबार ६ दिन पुगेको छ ।

केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका मागहरू राख्दै ई र पुकार बम यसअघि १२ दिनसम्म अनशन बसेका थिए । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले उनीहरुका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुले अनशन तोडेका थिए । तर अझैसम्म पनि प्रतिबद्धता कार्यान्वयन नगरेको भन्दै युवाहरु पुनः अनशनमा बसेका हुन् ।

साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार संवेदनशील नदेखिएको बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागु नगर्नु अपराध हो । देशको रूपान्तरणका लागि ई, करण गुरूङ र समाइरा श्रेष्ठजस्ता युवाहरूले लड्नु पर्ने युद्ध लामो छ । तर सरकारको असंवेदनशीलताले गर्दा एउटै लडाइँमा उनीहरूको स्वास्थ्यमा दीर्घकालीन चोट पुग्न सक्छ ।’

अनसनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले लिनुपर्ने साझा पार्टीले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?