Comments Add Comment

हामी आफैलाई प्रेम गर्छौं ?

हामी कसलाई प्रेम गर्छौं ? आफ्ना बालबच्चा, आमाबुवा, जीवनसाथी, परिवार, आफन्त । अक्सर हामी उनीहरुको ख्याल राख्छौं । कतिपय कुरामा उनीहरुलाई प्रोत्साहित गर्छौं । कतिपय कुरामा सर्तक गराउँछौं । उनीहरुको दुःख, सुखमा सहभागी बन्छौं । हामी सोच्छौं, ‘मेरा बालबच्चा, आमाबुवा, जीवनसाथी सबै सधैभर खुसी, सुखी, आनन्दित, स्वस्थ, तन्दुरुस्त देख्न पाइयोस् । कुनै दुःख, अभाव, कष्ट, पीडा झेल्न नपरोस् ।’

तर, यसरी नै हामी आफुलाई प्रेम गर्छौं ? आफ्नो रहर, इच्छा, खुसीहरुका खातिर हामी आफैलाई कति महत्व दिइरहेका हुन्छौं ?

बिहान उठेदेखि राती सुत्ने बेलासम्म हामी अरुको लागि सोचिरहेका हुन्छौं । यसबीचमा हामीले आफैलाई भने भुल्न पुग्छौं । जब हामी आफैलाई माया गर्छौं, तब अरुले पनि हामीबाट सार्थक साथ र सहयोग प्राप्त गर्छन् । त्यसैले हामीले आफुलाई हेला होइन, प्रेम गर्नुपर्छ । आफ्ना रहर एवं सौखहरु पुरा गर्नका लागि समय निकाल्नुपर्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ ।

आरम

भागदौड एवं धपेडीबाट मुक्त भएर बेलामौकामा विश्राम पनि लिन जरुरी छ । यस्तो विश्राम जसले सम्पूर्ण तनाव, बेचैनी, आकंक्षा आदिबाट मुक्त गराउँछ र आनन्दित तुल्याउँछ । ऋण–धन, दुःख–अभाव सबैकुरा भुलेर आफैमा मग्न रहनुपर्छ ।

मनोरञ्जन

अनेक कामधन्दामा भुलेर हामी सधै एकनासको जीवन विताइरहेका हुन्छौं । सधै उही काम, उही दृश्य, उही स्थान, उही शैली । यस किसिमको पट्यारलाग्दो जीवनशैलीले हामीलाई थाहै नपाई चिन्ता एवं डिप्रेसनको अवस्थामा समेत पु¥याउन सक्छ । त्यसैले बेला–बेला रमाइलो एवं मनोरञ्जन पनि आवश्यक हुन्छ, ताकि मनका सम्पूर्ण बोझबाट मुक्त हुन सकियोस् ।

गहिरो निद्र 

शरीरलाई स्वस्थ राख्न पर्याप्त मात्रामा निद्रा जरुरी छ । शरीरलाई स्वस्थ राख्न पनि एउटा व्यक्तिलाई दिनमा ६ देखि ८ घण्टाको निद्रा आवश्यक पर्छ ।

जबकी अनिद्रा वा कम निद्राका कारण शरीरमा आलस्यता पैदा हुने गर्छ  । शरीरमा आलस्यता भएमा न त शरीरले सही तरीकाले काम गर्न सक्छ, न त मस्तिष्कले नै । त्यसैले, आफूलाई स्वस्थ राख्नका लागि  व्यस्त समयका बाबजु्द आफ्नो लागि थोरै समय निकाल्न जरुरी छ । र, निद्रा पूरा गर्न जरुरी छ ।

व्यायाम

शरीरलाई स्वस्थ राख्नका लागि दिनमा कम्तीमा आधा घण्टा व्यायाम गर्न निकै जरुरी छ । नियमित रुपमा योगा तथा व्यायाम गर्नाले मन तथा शरीर दुवै फर्तिलो रहने गर्दछ । व्यायामले एकाग्रता बढउनुका साथै दिमागलाई शान्त एवं प्रशन्न राख्न मद्दत गर्छ ।

नास्ता

विहान गरेको नास्ताले शरीरमा आवश्यक पोषणतत्व प्रदान हुने गर्दछ । विहान गरेको नास्ताले शरीरलाई दिनभर स्फुर्ती प्रदान गर्ने हुदाँ  विभिन्न अनुसन्धानहरुले विहानको समयमा नास्ता गर्न सुझाव दिएको पाइन्छ । जबकी ढिला गरिएको नास्ता शरीरमा फ्याटको रुपमा परिणत हुन सक्दछ । र, शरीरमा विभिन्न रोग लाग्ने गर्दछ ।

आफ्नो लागि के राम्रो हुनसक्छ, विचार गर्ने     

सबै कुरा सबैको लागि राम्रो नहुन सक्छ । त्यसैले विहान उठ्ने वित्तिकै आफ्नो लागि के राम्रो हो, के नराम्रो हो भनेर मनन गर्न जरुरी छ ।

त्यही अनुसार दिनभर के गर्ने, के  नगर्ने, के खाने, के के नखाने भनेर टाइमटेबल सेट गर्न सकिन्छ । त्यस्तै, आफ्नो कारणले अरुलाई हानी त पुगेको छैन ? भनेर विचार गर्न सकिन्छ । त्यस्तै, मनलाई शान्त राखेर तथा सकारात्मक सोच जगाएर पनि शरीर तथा मनलाई स्वस्थ , ताजा एवं स्फूत राख्न सकिन्छ ।

नराम्रो बानी बदल्ने

कतिपय मानिसहरु आफ्नो फाइदाको लागि अरुलाई बदल्न खोज्छन् । त्यस क्रममा हामी के विर्सन्छौ भने, अरुलाई बदल्न त सजिलो हुन्छ, तर आफूलाई बदल्न भने निकै कठिन हुन्छ । त्यसैले, अरुलाई बदल्नु अघि आफैलाई बदल्न जरुरी छ ।

आत्मविश्वास जरुरी छ         

जीवनमा धेरै चुनौतीको सामना गर्नुपर्छ । चुनौतीको सामना गर्न आफूमा धैर्यता हुन एंव आत्मविश्वास हुन जरुरी छ । जबसम्म तपाई आफूलाई विश्वास गर्नुहुन्न, तबसम्म तपाई अरुलाई आफूप्रति विश्वास दिलाउन सक्नुहुन्न । आफूप्रति अरुलाई विश्वास जगाउने सबै

भन्दा राम्रो उपाय भनेकै आफूमा आत्मविश्वास कायम गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment