Comments Add Comment

प्रदेश १ प्रहरी कार्यालयका थप ४ जनामा कोरोना पुष्टि

८ साउन, काठमाडौं । प्रदेश नं. १ प्रहरी कार्यालयका थप चार जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

बिहीबार थप चार जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसपी दीपक पोखरेलले अनलाइनखबरलाई बताए ।

बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

पोखरेलले भने, ‘हामीसँगै क्वारेन्टिनमा छौं, बिहीबार १५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाउँदैछौं ।’ कार्यालयको नियमित काम भने नरोकिएको उनले बताए ।

सीमित जनशक्ति राखेर अनलाइनबाट पनि सेवा दिइरहेको पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment