Comments Add Comment

आस्था लेख्छिन्–‘युटुबबाट डलर त आउँछ, तर म्यूजिकल ज्ञान कहाँबाट आउँछ ?’

नेपाली सांगीतिक क्षेत्रको अवस्था दयनिय बन्दैछ । संगीतलाई नै कर्म ठानेर निरन्तर काम गरिरहेका कलाकारहरु विस्थापित हुँदै गर्दा जबरजस्ती गायक–गायिका बनेकाहरुको बाहुल्यता बढ्दै गएको छ । संगीत सिकेर भन्दा पनि भाइरल हुने सोचका साथ आउने कलाकारका कारण धेरै कलाकार ओझेलमा पनि परेका छन् ।

गायिका आस्था राउतले पनि यस्तै गायक–गायिकाहरुप्रति आक्रोश पोखेकी छिन् । उनी लेख्छिन्–‘नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ । अटो ट्यूनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसकिने ?’

आस्था अगाडि लेख्छिन्–‘युटुबबाट डलर त आउला तर म्यूजिकल ज्ञान कहाँबाट छाउला । हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ, के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?’

अहिले भाइरल हुने गीतहरुमा नै सर्जकको मन जाँदा राम्रा गीतसंगीत बन्न छाडेका छन् । कहिलेकाही यस्ता गीतहरु बनिहाले पनि भाइरल गीतका कारण ओझेलमा पर्न थालेका छन् । टिकटक, फेसबुकमा भाइरल भएर केही दिनमा रमाउने गायक–गायिकाहरुतर्फ ब्यङ्ग्य गर्दै आस्थाले केही बोल्नु कि नबोल्नु भनेर पनि लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment