+
+

प्रदेश १ मा डिजिटल माध्यमबाट अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १४:११

९ साउन, विराटनगर । प्रदेश १ सरकार मातहत रहेका कार्यालय र मन्त्रालयको कामको अनुगमनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘चिफ मिनिस्टर ड्यास बोर्ड’ सञ्चालनमा ल्याएको छ ।

शुक्रबार ड्यास बोर्डको सुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अनुगमनका लागि डिजिटल माध्ययम तयार भएको बताए ।

स्वीस सरकारको सहयोगमा निर्माण गरेको ड्यासबोर्डबाट प्रदेश सरकार मातहतका मन्त्रालय र अन्य विषयगत कार्यालयको कार्य प्रगति विवरण समावेश गरिनेछ ।

जवाफदेहिता र सुशासनको प्रत्याभूति दिने गरी ड्यासबोर्ड सञ्चालनमा ल्याइएको मुख्यमन्त्री शेरधन राईले बताए । डिजिटल माध्ययमबाट कार्यलयमा बसेर सबै मन्त्रालयको अनुगमन गर्न सकिने उनले बताए ।

मातहतका कार्यालयले गरेको कामको मूल्याङकन ड्यासबोर्डबाट गरेर नियमित प्रगति विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने मुख्यमन्त्री राईले बताए ।

पहिलो चरणमा प्रदेश सरकार मातहत कार्यालयलाई जोडेको बताउँदै उनले प्रदेशका १३७ वटै स्थानीय तहलाई ड्यासबोर्डमा जोड्ने बताए ।

मन्त्रालयहरूको कार्य प्रगतिको अवस्था छुट्याउन हरियो, निलो, पहेँलो र रातो रंगले संकेत गरिएको छ । हरियो रंगले राम्रो र रातो रंगले कमजोर विवरणको संकेत गर्नेछ ।

निलोले मध्यम, पहेँलोले सामान्य प्रगति रहेको विवरण दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?