+
+

महोत्तरीमा लागूऔषधसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते १७:४४

९ साउन, जनकपुरधाम । महोत्तरीको मनरासिस्वा नगरपालिकाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

मनरासिस्वा नगरपालिका–१ स्वास्थ चौकी अगाडिबाट मोटरसाइकलमा सवार तीनजनालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मनरासिस्वा नगरपालिका ४ बस्ने २६ वर्षीय नविन मण्डल, वडा नम्बर–५ बस्ने १९ वर्षीय राजीब कापर र जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय जितेन्द्र झा छन् ।

प्रदेश २–०३००६ प ८०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा लागूऔषध बरामद भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले बताए । उनका अनुसार उनीहरुको साथबाट कोरेक्स १५ थान, डाइजोपाम ६९ थान ट्याब्लेट र पेमाडोल ४० थान बरामद भएको छ ।

जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई उनीहरुमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?