+
+
WC Series
जनकपुर बोल्ट्स 2025
8/0 (1.3)
VS
१११ बलमा १२८ रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

चोलेन्द्रशम्शेरलाई मिश्रको आग्रह : प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १० गते २१:१६

१० साउन, काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आग्रह गरेका छन् । संसदले महाअभियोग लगाएर सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने भन्दै उनले अदालतको सम्मानका लागि राजीनामा दिन प्रधानन्यायाधीशलाई आग्रह गरेका छन् ।

‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै उनले भने, ‘तपाई असाध्यै विवादित हुनुभयो, तपाईले गरेका निर्णय शंकाको घेरामा छ । तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन ।’

जबराको फैसलालाई सबैले त्रुटिपूर्ण भनेको उल्लेख गर्दै उनले अघि भने, ‘संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुनस्र्थापित गर्न सहायक सिद्ध हुन्छ ।’

साझा पार्टीका संयोजक कमिश्रले सुशील कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने बताए । महाअभियोग लगाउन योग्यहरुलाई नियुक्त गर्नेहरुलाई जनताले महाअभियोग लगाउनुपर्ने उनले बताए ।

बखुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो । यात्रामा सहभागीहरुले ‘त्रुटिपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?