+
+

झापामा व्यवसायी हत्या अभियोगमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते ७:३५

११ साउन, झापा । प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोेगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट पक्राउ गरिएको हो ।

उनले नजिकै रहेको आफन्तको घरबाट दाउ ल्याएर मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा सञ्चालन गर्ने व्यवसायी नारायण आचार्यको हत्या गरेको प्रहरी दाबी छ । यद्यपि, अपराधमा प्रयोग भएको हतियारको फरेन्सिक जाँच बाँकी नै छ ।

आइतबार जिल्ला अदालत, झापाबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ । हालसम्म झापा प्रहरीले हत्याको कारणबारे पनि खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?