+
+
Shares

स्कुटरको डिकीमा पैसा राख्नु हुन्छ ? होसियार !

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १२:४५

११ साउन, काठमाडौं । के तपाईं स्कुटर पार्क गरेको बेला डिकीमा पैसा छोडेर हिँड्ने गर्नु भएको छ ? त्यसो भए होसियार हुनुस् । तपाईंको पैसा चोरी हुन पनि सक्छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले स्कुटरको डिकीमा राखेको पैसा  झिकेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार बानेश्वर प्रहरी वृत्तद्वारा पक्राउ परेका प्रदीप कार्कीले स्कुटरको डिकी खोलेर चोरी गर्ने गरेको पाइएको हो ।

‘स्कुटरको ४०/५० वटै मास्टर चाबी बोकेर पार्किङ गरेर राखिएका वेला डिकी खोल्ने गरेको पाइएको छ’, ज्ञवालीले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार एक जना पूर्वप्रहरी अधिकृतको छोराको स्कुटरबाट एक लाख रुपैयाँ चोरी भएको विषयमा अनुसन्धान गर्दै जाँदा कार्की पक्राउ परेका थिए । र, अन्य थुप्रै चोरीका घटनामा पनि उनको संलग्नता खुलेको छ ।

उनीविरुद्ध चोरी सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?