Comments Add Comment

ए आर रहमान भन्छन्–‘मलाई कामविहीन बनाउन ठूलै समूह लागेको छ’

संगीतकार ए आर रहमानको संगीतको चर्चा विश्वभर छ । तर ए आर रहमानको हातमा राम्रा चलचित्र छैनन् । यो विषयमा रहमान भन्छन्–‘म राम्रो चलचित्रलाई कहिले पनि अस्वीकार गर्दिनँ । तर बलिउडमा एउटा समूह छ, जसले मेराविरुद्ध गलत हल्ला फैलाइरहेको छ ।’

रहमानले भने–‘जब ‘दिल बेचरा’का निर्देशक मुकेश छाबडाले चलचित्रमा संगीतका लागि मलाई अफर गर्न आए, मैले उनलाई २ दिनमै ४ गीत तयार पारेर दिएँ । धेरै मानिसहरूले मुकेशलाई मसँग काम गर्न नजानु भनेर भनेका रहेछन् । उनीहरूले मुकेशलाई मेराविरुद्ध थुप्रै गलत कहानी पनि सुनाएका रहेछन् ।’

रहमानले यो कुरा थाहा पाएपछि आफूले हिन्दी चलचित्रमा कम काम गर्नुको कारण थाहा पाएको पनि बताए । उनले भने–‘म डार्क चलचित्रमा मात्र काम गरिरहेको छु । किनकि, मेराविरुद्ध काम गर्ने एक समूह नै छ जसले मलाई नोक्सानी पुर्‍याइरहेका छन् ।’

एक रेडियोका लागि दिएको अन्तर्वार्तामा रहमानले भनेका छन्–‘मानिसहरू मसँग काम गर्न चाहन्छन् । तर एउटा समूहले उनीहरूलाई मसम्म आउन दिएका छैनन् । तर म भाग्यमा विश्वास गर्छु र आफ्नो काम गर्छु । म मान्छु कि हरेक कुरा भगवानबाट मिल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment