Comments Add Comment

प्रदेश १ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण

११ साउन, विराटनगर । प्रदेश नं. १ प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् । प्रदेश प्रहरीका प्रवक्ता एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएको बताए पनि स‌ंख्या खुलाएनन् । उनले भने, ‘सबै विवरण आइसकेको छैन, हामी पनि बुझ्दैछौं ।’

पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो ।

यसअघि  पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment