Comments Add Comment

प्रहरी हेडक्वार्टरका चार जनामा कोरोना संक्रमण

११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको अनलाइनखबरलाई बताए ।

तर, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने, ‘चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको थियो । त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment