Comments Add Comment

पावर सेन्टरहरु नै भ्रष्टाचारको केन्द्र हो : शर्मा

११ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र नै भएको बताएका छन् । पावर सेन्टरहरुमा हेर्ने हो भने भ्रष्टाचार कति छ भन्ने थाहा हुने उनले बताए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेको शर्माले भने, ‘जहाँ पावर छ, त्यही भ्रष्टाचारको केन्द्र हो ।’

‘हाम्रा राज्यका शक्ति केन्द्रहरु हरौं, त्यही भ्रष्टाचार छ । नाम किन लिनुपर्‍यो, म,म भने भइहाल्यो । मैले भन्ने के हो भने राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र हो ।’

अख्तियारमा राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुँदा पनि समस्या भएको उनले बताए । तुलनात्मक रुपमा अहिलेभन्दा स्वतन्त्र अख्तियार बनाउनुका साथै जनताको मदत लिएर मात्र अख्तियार नियन्त्रण गर्न सकिने शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment