Comments Add Comment

किन लाग्छ बारम्बार भोक

भोक लाग्नुलाई स्वस्थ्य जीवनको सूचक मानिन्छ । भोक नै नलाग्नु वा खानामा अरुची हुनुले स्वास्थ्यमा कुनै गडबडी भएको संकत दिन्छ । भोक लागेपछि हामी केही न केही खान्छौं । भोक मेटिन्छ । त्यसपछि निश्चित समयसम्म हामीलाई भोक लाग्दैन ।

तर, कहिले काहीँ हामीलाई बारम्बार भोक लागेको महसुष हुन्छ । खाना खाएको केही समयमै फेरी खानेकुराको तलतल लाग्छ । यसरी बारम्बार भोक लाग्नु भने सामान्य मान्न सकिदैन । कतिपय स्वास्थ्य समस्यामा पनि भोक लाग्छ । जस्तो पर्याप्त निद्रा नपुगेको अवस्थामा बारम्बार भोक महसुष हुनसक्छ, कतिपय पोषक तत्व अभाव भएमा पनि यस्तो हुन्छ ।

प्रोटीन र फाइबरको कमी

हामीले गर्ने भोजनमा सही परिमाणमा प्रोटीन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महसुस भइरहन्छ । जब प्रोटिन र फाइबरयुक्त भोजन गर्छौं, त्यतिबेउला पेटबाट यस्तो हार्मोन्स निस्किन्छ, जसले भोकलाई शान्त गरिदिन्छ ।

पर्याप्त क्यालोरी नलिनु 

शरीरलाई सम्पूर्ण आहाराको आवश्यकता हुन्छ । शरीरमा पर्याप्त मात्रामा क्यालोरीको त्यति नै आवश्यकता हुन्छ जति अन्य पौष्टिक तत्वको ।  क्यालोरीरहित खानेकुरा खाइयो भने शरीरमा यसको कमी यथावत रहन्छ र भोक लागेको महसुष भइरहन्छ ।

कम समय निदाउनु

भनिन्छ कि निद्रा हरेक रोगको औषधि हो । सातदेखि आठ घन्टाको पर्याप्त निद्राले तपाईंलाई स्वस्थ मात्र होइन, सुन्दर र उर्जावान पनि बनाइराख्छ । पर्याप्त निदाइएन भने शरीर थाकिरहेको हुन्छ र त्यस थकानलाई मेटाउनका लागि पर्याप्त उर्जाको आवश्यकता हुन्छ जुन भोजनबाट प्राप्त हुन सक्छ । उर्जा नहुँदा बारम्बार भोक लागिरहन्छ । एकपटक उर्जा प्राप्त भयोउ भने लगातार भोकको समस्या रहँदैन ।

बिहान नास्ता नखानु

६ देखि ८ घन्टासम्म सुतिसकेपछि शरीरलाई फेरि उर्जा प्राप्त गर्न खाद्यपदार्थको आवश्यकता पर्छ । बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ जसले गर्दा दिनभर भोक लागिरहँदैन । यदि आफ्नो नास्तामा प्रोटिनयुक्त वस्तुहरु समावेश गरियो भने बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

हतारमा खानु

हतार गरेर खाने बानी छ भने यो बानी छाड्नुपर्छ । बिस्तारै बिस्तारै चबाएर खाने गरौं । यसले गर्दा खाएको खाना पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ । त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment