+
+
Shares

कैलालीमा करेन्ट लागेर एकजना पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १८:५०

११ साउन, कैलाली । कैलाली करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४ का ३० वर्षीय पुलसिंह कसेपको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि अत्तरिया स्थित पदमा अस्पतालमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । वेल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेको प्रहरीले भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?