+
+
Shares

अनेरास्ववियू नेताले भेटे एसिड पीडित युवतीलाई, दिए १० हजार नगद

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते ११:४६

१२ साउन, काठमाडौं । एसिड प्रहारबाट घाइते ओखलढुंगाकी युवती पवित्रा कार्कीलाई सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय टोलीले भेटेर नगद सहयोग गरेको छ ।

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर सोमबार बिहान भेटेर १० हजार नगद राहत उपलब्ध गराइएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

पीडित युवतीलाई भेट्न अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए ।

भेटघाटको क्रममा सहसंयोजक तामाङले एसिड प्रहार गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही दिलाउन र एसिड बिक्री वितरणलाई नियमन गर्न आफूहरुले दबाव सिर्जना गरेको जानकारी दिए ।

यही साउन ८ गते साँझ काठमाडौंको सीतापाइलामा कार्कीमाथि एसिड प्रहार भएको थियो । उनलाई एसिड प्रहार गर्ने भारतीय नागरिकलाई प्रहरीले सोही दिन राति पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?